सिप्यानद्वारा पूर्व क्रिकेटर बासुदेवलाई ५० हजार सहयाेग

नेपाल क्रिकेट खेलाडी संघले पूर्व खेलाडी बासुदेव थापालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पछिल्लोपटक श्वास्थ्य अवस्थाका कारण विरामी रहेका थापालाई सिप्यानको कार्यसमितीले उपचाका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यसका साथै संघको कार्यसमितीले सदस्यमा दुई जना परिवर्तन गरेको छ । यसअघिको कार्यसमितीमा रहेका सदस्य दीपेन्द्र चौधरी र सुभाष खकुरेलले राजिनामा दिएपछि उनको स्थानमा शक्ति गौचन र ज्योति पाण्डेलाई नियुक्त गरेको छ । साथै सिप्यानकाे साधारण सभा पनि अाजै सम्पन्न भएकाे छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest