दाेस्राे खेलमा दक्षिण अफ्रिकाद्वारा श्रीलंका ११३ रनले पराजित

श्रीलंका विरुद्धको दोस्राे एकदिवसिय खेलमा दक्षिण अफिका एक सय १३ रनले विजयी भएको छ । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा दुई शुन्यको अग्रता बनाएको छ ।

सेन्चुरीयनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका ४५ ओभर एक बलमा दुई सय ५१ रनमा अलआउट भयो । उसका लागि ओपन क्विटोन डी ककले ८४ तथा कप्तान फाफ डुप्लिसिसले ५७ रन बनाए । यस्तै हेन्डरिक्सले २९ र डेविड मिलरले २५ रनको योगदान गरे ।

जवाफमा श्रीलंका ३२ ओभर दुई बलमा मात्र एक सय ३८ रनमा अलआउट भयो । टिमकालागि कुनैपनि खेलाडीले गतिलो साझेदारी गर्न सकेनन् । उसका ओसाका फर्नान्डो ३१ रनमा आउट भए भने थिसारा परेराले २३ रन बनाए । बाँकि खेलाडी सस्तैमा पेभेलियन फर्किए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest