युराे टी-२० क्रिकेट लिग, तीन संघकाे संयुक्त संलग्नता

आयरल्याण्ड, नेदरल्याण्ड र स्कटल्याण्ड क्रिकेट बोर्ड मिलेर अगस्ट ३० तारिखबाट नयाँ फ्रेन्चाइज लिग युरो टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छन । ।

तीन सातासम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ । जसमा आयरल्याण्ड र स्कटल्याण्डबाट बेलफास्त, डुब्लिन, इडेनबर्ग र ग्लास्कोबाट टिम हुने छन भने नेदरल्याण्ड्सबाट रोटेरडम र द हग हुनसक्ने बताइएको छ । जसमा एम्सर्डमको एम्सटेलभिन मैदानपनि एउटा भेन्युका रुपमा राखिएको छ । तीन वटा क्रिकेट बोर्ड मिलेर आयोजना गर्न लागेको सो प्रतियोगितामा एसोसियट टिमका खेलाडीलाई पनि समावेश गरिने बताइएको छ ।

एउटा टिमले नौ वटा घरेलु खेलाडीबाहेक सात विदेशी खेलाडीसम्म अनुबन्ध गर्न पाउनेछ । एउटा टिममा कुल १६ खेलाडी समावेश गर्न पाइनेछ । जसमा हरेक टिमले प्लेइङ सेटमा ६ घरेलु खेलाडी अनिवार्य खेलाउनु पर्नेछ । आयोजकले प्रतियोगिताका लागि ड्राफ्टबाट खेलाडी छान्ने की अक्सनमा जाने त्यो एकिन गर्नबाँकि रहेको छ ।

तीन वटै देशबाट रहने टिमका खेलाडी आफ्नो देशको फेन्चाइजी टिमले खरिद गरेमा स्वदेशी खेलाडीमा गनिनेछ भने अर्को देशको टिमले किनेमा विदेशी खेलाडी हुनेछ । हरेक टिमले १० खेल खेल्नेछन, जसमा ५ होम र ५ अवे खेल हुनेछन । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ । यतिमात्र होइन यो प्रतियोगिता युएईम अक्टोबरमा हुने विश्वकप छनोटको आधार पनि हुनसक्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest