ज्ञानेन्द्र मल्ल कारवाहीमा परे

धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेका कारण काठमाडाै‌ गाेल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलकाे प्रतिबन्ध लागेकाे छ । डीपीएलकाे  टेक्निकल कमिटिले गाेल्डेन्सका कप्तान मल्ललाई कारवाही स्वरुप ४ खेल खेल्न नपाउने निर्णय गरेकाे छ ।

बलर अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडसंगको दोस्रो क्वालिफायर खेल वहिष्कार गरेको थियो । जसका कारण टिम मैदानमा पुगेकाे थिएन । डीपीएल सकिएकाे करीव २ सातापछि टेक्निकल कमिटीले काठमाडाै‌का कप्तानलाइ कारवाही गरेकाे हाे । अब उनले ४ वटा घरेलु प्रतियाेगिताका खेल गुमाउने भएका छन ।

साे खेलमा काठमाडाै अनुपष्थित भएपछि महेन्द्रनगर फाइनलमा पुगेकाे थियाे । मल्लले आफुमाथि लागेकाे कारवाहि स्विकार पनि गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest