स्थिम र वार्नरले राष्ट्रिय टिममा कमब्याक गर्न अझै कुर्नुपर्ने

पाकिस्तान विरुद्धको ५ एकदिवसिय खेलको सिरिज प्रतिबन्धमा परेका अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथसँग डेविड वार्नरको कमब्याकका रुपमा लिइएको थियो । तर युएईमा हुने सो सिरिजमा अष्ट्रेलियन टिममा दुबै खेलाडी परेका छैनन ।

मार्च २२ तारिखबाट हुने प्रतियोगिताका लागि वार्नर र स्मिथ पर्ने धेरै अपेक्षा गरिएको थियो । तर अष्ट्रेलियन क्रिकेट टिमका छनोट प्रमुख ट्रेभोर होन्सले दुबै खेलाडीको प्रतिबन्ध मार्च २८ मा सकिने र त्यो भन्दा अगाडी मार्च २३ बाट सुरु हुने इन्डियन प्रिमिय लिग उनीहरुका लागि राम्रो कमब्याकको थलो हुने बताए ।

दुबै खेलाडी यतिबेला रिह्याबिटेसनमा रहेको बताउँदै होन्सले दुबैले आइपीएल खेल्ने बताए । वार्नरले आइपीएलमा सनराइजर्स हैदराबादबाट खेल्नेछन भने स्मिथले राजस्थान रोयल्सबाट । अष्ट्रेलियन क्रिकेट बोर्डले दुबै खेलाडीको प्रदर्शनलाई हेरेर आगामी विश्वकप र एसेस सिरीजमा पर्ने नपर्ने तय गर्ने जनाएको छ ।

पाकिस्तान विरुद्धको सिरिजका लागि अष्ट्रेलियाको १५ खेलाडीको सुचिमा तेज गतिका बलर मिचेल स्टार्क पनि परेका छैनन् । उनी चोटका कारण टिम बाहिर रहेका छन । पछिल्लो पटक राम्रो फर्ममा रहेका आरोन फिन्चलाई कप्तानीको जिम्मेवारी दिइएको छ भने नाथन लियोनलाई पनि टिममा मौका दिइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest