भारत विरूद्द अष्ट्रेलिया ३२ रनले विजयी

भारतविरुद्धको तेस्रो एक दिवशीय खेलमा अष्ट्रेलियाले ३२ रनले विजयी भएकाे छ । जितसँगै अष्ट्रेलियाले श्रृङ्खला २-१ मा पुर्‌यायो ।

राँचीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३१३ रन बनायो । पाँच खेलको सिरिजमा पहिलो दुई खेल गुमाएको अष्ट्रेलियाका लागि आज एरोन फिन्च र उश्मान ख्वाजाले पहिलो विकेटका लागि नै १९३ रनको बलियो पार्टनरसिप गरेका थिए ।

ब्यक्तिगत तर्फ ख्वाजाले १०४ रनको शतकीय योगदान दिए । फिन्चले पनि ९३ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए भने मार्कस स्टोनिसले २६ बलमा ३१ रन जोडे । यस्तै एलेक्स केरीले १७ बलमा २१ रन बनाए । बलिङतर्फ कुलदिप यादवले तीन विकेट लिँदा मोहम्द शामीले एक विकेट लिए ।

३१४ रनको लक्ष्य पछ्याएको भारत ४८ ओभर २ बलमा २८१ रनमा अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले शतकीय योगदान दिएपनि अन्यको प्रदर्शन खराब रह्यो । बलिङ तर्फ प्याट कमिन्स, जाए रिचार्डसन र एडम जाम्पाले ३-३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest