च्यारिटी खेलमा पारसकाे टिम विजयी

पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगका लागि भएकाे च्यारिटी म्याचमा पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई पराजित गरेकाे छ । जसमा पारसकाे टिमले निरजकाे कप्तानीमा रहेकाे टिम विरूद्द २ विकेटकाे जीत हात पार्याे ।

मकवानपुर हुप्राचौर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको निरज-११ टिमले २० ओभरमा १ सय ७१ रन बनाएकाे थियाे । जवाफमा पारस-११ काे टिमले २ बल बाँकि हुँदा ८ विकेटकाे क्षेतीमा जीत निकाल्याे । उसकाे जीतमा सोमपाल कामीले २९ तथा दिपेन्द्र एेरीले ६२ रन बनाए ।

मकवानपुरमा क्रिकेटकाे विकाशमा ठुलाे याेगदान पुर्याएका निरज श्रेष्ठ ब्लड क्यान्सरबाट ग्रसित छन । उनकाे उपचारका लागि रकम उठाउन गरिएकाे याे खेलमा बिभिन्न खेलाडीले पनि सहयाेग गरेका छन । जसमा कप्तान पारस खड्काले व्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरे भने फुटबल खेलाडी दाजुभाइ रन्जन र अन्जन विष्टले पनि १० हजार रुपैयाँ सहयोग गरे ।

खेलका साथै कार्यक्रममा अन्य प्रस्तुती पनि गरिएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest