इस्लामाबाद विरूद्द सन्दिप एक विकेट लिएपनि महंगाे सावित

लाहोर क्वालन्दर्सबाट पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा खेलि रहेका लेगस्पिनर सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दा ४६ रन दिएर १ विकेट लिएका छन् ।

पहिलो ओभरमा १ रन दिएर एक विकेट लिएका सन्दीप व्यक्तिगत दोस्रो ओभरमा ७ रन खर्चन पुगे । तेस्रो ओभरमा सन्दीपले १२ रन दिएका हुन् । इस्लामावाद युनाइटेडविरुद्धको पहिलो बलमा कुनै पनि रन दिएनन् । दोस्रो बलमा उनले फिलिप साल्टलाई आउट गर्न सफल भए । सन्दीपले फिलिपलाई ह्यारिस सोहेलको हातबाट क्याच आउट गराएका हुन् ।

व्यक्तिगत दोस्रो ओभरमा सन्दीपको पहिलो बलमै वाल्टनले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा रन बनाउन नसकेका वाल्टनले तेस्रो बलमा एक रन लिएका थिए ।

चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा लेग बाईको रुपमा रन आएको थियो । छैटौं बल पनि वाल्टनले रन बनाउन सकेनन् । सन्दीपले २ ओभर बलिङ गर्दा ८ रन खर्चिएर १ विकेट लिएका थिए । व्यक्तिगत तेस्रो ओभर लिएर सन्दीप टिमको १० औं ओभरमा आएका थिए । उनले पहिलो बलमै चौका दिएका थिए ।

क्यामरन डेलपोर्टले रिभरस्वीप गर्दै चौका प्रहार गरेका थिए । त्यसपछि दोस्रो बलमा एक रन लिँदै स्ट्राइक चेन्ज भएपछि वाल्टनले तेस्रो बलमा रन बनाउन सकेनन् । चौथो रनमा एक रन लिँदै स्ट्राइक परिवर्तन भएपछि डेलपोर्टले पाँचौं बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा भने कुनै पनि रन बन्न सकेन ।

तर चाैथाे अाेभरमा सन्दिपले २६ रन खर्चिए । जसमा उनले चार छक्का खाए । जसमा २ छ्क्का असाफ अली र २ डेलपाेर्टले हानेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest