सन्दिपकाे टिम लाहाेर पराजित भएपछि प्लेअफकाे यात्रा संकटमा

पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्स पराजित भएको छ । शनिबार भएको खेलमा लाहोर इस्लामावाद युनाइटेडसंग ४९ रनले पराजित भएको हो ।

पाकिस्तानको कराँचीमा इस्लामावादले दिएको २३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

लाहोरका सोहिल अख्तरले ७५ रन जोड्दा कप्तान फकर जमानले ३८ रन बनाए । सन्दीप ६ रनमा अविजित रहे । इस्लामावादका फाहिम अस्राफ एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इस्लामावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

इस्लामावादका लागि क्यामरुन डेलपोर्टले ११७ रनको शतकीय इनिङस खेले ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest