भारतद्वारा अष्ट्रेलिया सामु ३५८ रनकाे लक्ष्य

अष्ट्रेलिया विरुद्धको चौथो एकदिवसिय खेलमा भारतले तीन सय ५८ रनको लक्ष्य दिएको छ ।

भारतको चन्दीगढमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको सतकको मद्धतले नौ विकेटको क्षतीमा ५० ओभरमा तीन सय ५८ रन बनायो । उसका लागि धवनले एक सय ४३ रन बनाए भने रोहि शर्माले ८५ रनको योगदान गरे । यस्तै रिशव पन्तले ३६ र लोकेश राहुल र विजयी शंकरले २६–२६ रन थपे । धवन र रोहितले पहिलो विकेटका लागि एक सय ९६ रनको साझेदारी गरेका थिए । बलिङमा पेट कुमिन्सले ५ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest