भारतविरुद्धको चौथो एक दिवशीय खेलमा अष्ट्रेलिया विजयी

भारतविरुद्धको चौथो एक दिवशीय खेलमा अष्ट्रेलिया विजयी भएको छ । भारतलाई चार विकेटले हराउँदै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खला २–२ को बराबरीमा ल्याउन सफल भएको छ । पहिलो दुई एक दिवशीयमा भारत विजयी भएको थियो भने तेस्रोमा अष्ट्रेलिया विजयी भएको थियो ।

चन्डिगढमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले ५० ओभरमा नौ विकेट गुमाउादै ३५८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले १४३ रनको शतकीय योगदान दिए । उनले ११५ बलमा १८ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै रोहित शर्माले ९५ रन जोडे भने रिशब पन्तले ३६ रन बनाए ।

३५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । ओपनर एरोन फिन्च डकआउट भएको खेलमा पिटर ह्याण्ड्सकमले ११७ रनको शतकीय योगदान दिए । उश्मान ख्वाजाले पनि ९१ रनको उत्कृष्ट इनिङ खेले भने एश्टन जेम्स टर्नरले ८४ रन जोडे ।

बलिङमा जस्प्रित बुम्राहल तीन विकेट लिए । भारत र अष्ट्रेलियावीचको निर्णायक एक दिवशीय खेल बुधबार दिल्लीमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest