वेष्टइन्डिज विरुद्धको टी–२० सिरिजमा इंग्ल्याण्डकाे ह्वाइटवास

वेष्टइन्डिज विरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृखंला इंग्ल्याण्डले जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्ड आठ विकेटले विजयी भएपछि सिरिज आफ्नो पक्षमा पार्न सफल भयो ।

वेष्ट इन्डिजको सेन्ट किट्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १३ ओभरमा मात्र ७१ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले १५ रनको आँकडा पार गर्न सकेनन् । टिमका लागि ब्यक्तिगत उच्च स्कोर ११ रन थियो । इंग्ल्याण्डको बलिङ सामु निरिह बनेको वेष्ट इन्डिजका लागि जेसोन होल्डर, निकोलस पुरन र जोन काम्पबेलले समान ११–११ रन बनाए । क्रिस गेल विनाको खेलमा वेष्ट इन्डिजको पारीलाई ध्वस्त बनाउन डेवीड वेलीले चार तथा मार्क उडले तीन विकेट लिए ।

जवाफमा इंग्ल्याण्डले १० ओभर तीन बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा जोनी ब्रेस्ट्रोले ३७ तथा एलेक्स हल्सले २० रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest