राशिदकाे २०० विकेट पुरा

अफगानिस्तानका बलर राशिद खानले अन्तराष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन् । आयरल्याण्डविरुद्धको पाँचौ एकदिवसीय क्रिकेटमा पाउल स्टर्लिङको विकेट हात पार्दै राशिदले २ सयौं विकेटको कोशेढुंगा पुरा गरे ।

सन् २०१५ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेटमा डेब्यु गरेका राशिदले ५४ इनिङ्स खेल्दै एकदिवसीयमा १  सय २३ विकेट हात पारेका छन् ।

२०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीयमा १८ रन खर्चिदै ७ विकेट हात पारेका थिए । राशिदको उक्त बलिङ प्रदर्शन सर्वोत्कृष्ट बलिङ फिगरको चौथो स्थानमा रहेको छ ।

गत बर्ष सम्पन्न एसिया कपमा राशिद सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए  । उनले ५ खेलमा १० विकेट लिएका थिए ।  गत बर्ष राशिद एकदिवसीयमा चाँडाे १०० विकेट पुरा गर्ने खेलाडी बनेका थिए ।

सन् २०१५ मा जिम्बाबेविरुद्ध अन्तराष्ट्रिय टी-ट्वान्टीमा डेब्यु गरेका उनले ३८ टी-ट्वान्टी खेलमा ७५ विकेट हात पारिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest