पीएसएलमा सन्दिपकाे अन्तिम खेल

सन्दीप लामिछाने रहेको टिम लाहोर कलण्दर्सले पाकिस्तान सुपर लिगको अन्तिम खेलमा आज मुल्तान सुल्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

पाकिस्तानको कराँचीमा हुने लाहोर र सुल्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरु हुनेछ । र, दुवै टोली अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

पाँचौ स्थानको लाहोर र पुछारको सुल्तान प्रतियोगिताबाट बाहिरिसकेको छ । दुवै टोली प्ले अफमा पुग्न असफल भएको छ ।त्यसैले यस खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाईको रुपमा रहने छ ।

९ खेलमा ३ जित हात पारेको लाहोरको ६ अंक रहेको छ । सुल्तान ९ खेलमा ४ अंक रहेको छ  ।

सुल्तानविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने पक्का जस्तै छ । पीएसएलमा खेलेका सबै खेलमा सन्दीपले किफायती बलिङ गरिरहेका छन् ।

सुरुवाती ३ खेल गुमाएका सन्दीपले पछिल्लो ६ खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पीएसएलमा ११ विकेट हात पारीसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest