सन्दिप विकेट विहिन बनेकाे अन्तिम खेलमा लाहाेर पराजित

पाकिस्तान सुपर लिगमा बलिङ गरिरहेका सन्दिप लामिछाने विकेट विहीन बनेका छन् । मुल्तान सुल्तान्सविरुद्ध दुई ओभर तीन बल बलिङ गर्दा सन्दिपले २८ रन दिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको लाहोर कलन्दर्सले २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनाएको थियो । लाहोरका लागि फकर जमानले ५३ रनको योगदान दिँदा डेविड वेसेले ३० रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । लाहोरका सात जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । १४१ रनको लक्ष्य सुल्तान्सले ४५ बल अगावै तीन विकेट गुमाएर पूरा ग¥यो । सुल्तान्सका लागि शान मसुदले ४८ रन बनाए भने जोनसन चाल्र्सले ३५ र जेम्स भिन्सले २५ रन बनाए । यस्तै उमर सिद्धिकले १३ रन बनाए ।

पहिलो बलमा शान मसुदले उनको बलको सामाना गरेका थिए । जुन बल लेग बाई चौका भएको थियो । त्यसपछिको बलमा सन्दिपले दुई रन दि एभने तेस्रो बलमा चौका प्रहार गरे । सन्दिपले पाँचौं बलमा एक रन र छैटौं बलमा दुई रन दिए । त्यसपछि नवौं ओभर बलिङ गरेका सन्दिपले चुटिन पुगे । नवौं ओभरमा उनले १८ रन दिए । पहिलो बलमा एक रन दिएका सन्दिपलाई दोस्रो बलमा शान मसुदले चौका प्रहार गरे । त्यसपछि एक रन लिएर रोटेट गरेका थिए । चौथो बलमा सन्दिपले रन दिएनन ।

तर, त्यसपछिको दुई बलमा जोनसन चाल्र्सले छक्का प्रहार गरे । खेल बराबरी भएपछि सन्दिपले बलिङ गरेका थिए । पहिलो दुई बलमा शाहिद अफ्रिदीले रन बनाउन सकेनन् । तेस्रो बलमा एक रन लिँदै शाहिद अफ्रिदीले मुल्तान सुल्तान्सलाई जित दिलाए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest