टेलिभिजनमा लाइभ नहुने भएपछि अफगानिस्तानले जिम्बावे टुर हाप्याे

अफगानिस्तानले जिम्बावे विरुद्धको अर्को महिनाको भ्रमण रद्द गरेको छ । जिम्बावे क्रिकेटसँग एकदिवसिय सिरिजको ब्रोडकास्टिङ प्रक्रियामा चित्त नबुझेपछि अफगानिस्तानले सिरिज नै रद्द गरेको हो ।

जिम्बावे क्रिकेटले सार्वजनिक गरेको विज्ञेप्तीमा अफगानिस्तान क्रिकेट बोर्डले जिम्बावेलाई विश्वकप अगाडीको अभ्यास खेलका रुपमा एकदिवसिय सिरिज आयोजना गर्न प्रस्ताव गरेको थियो । जुन अप्रिल १८ देखि २८ सम्म हुने तय पनि भएको थियो । तर सो सिरिजका लागि टेलिभिजन प्रशारणको समस्या भएकाले नखेल्ने भएको हो ।

अफगानिस्तान क्रिकेट बोर्डले सो सिरिजको प्रत्यक्ष प्रशारण गर्नुपर्ने प्रस्तावमा राखेको थियो, तर त्यसका लागि लाग्ने शुल्क जिम्बावे क्रिकेट बोर्डले ब्यहोर्न कठिन हुने भएकाले नगर्ने बताएको थियो । जसका कारण अफगानिस्तानले सिरिज नै रद्द गरेको छ ।
अब अफगानिस्तानले आयरल्याण्डर स्कटल्याण्डसँग विश्वकपका लागि तयारी खेल्ने तयारी गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest