पीएसएलबाट नेपाल फर्किएकाे सन्दिपले भने- सधै एउटै समय हुन्न !

पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दिप लामिछाने स्वदेश फर्किएका सन्दिपले विदेशी लिगमा खेलेर ब्यक्तिगत रूपमा ठुलाे फाइदा भएकाे बताएका छन । उनले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढ्नुका साथै सिक्ने मौका दिएको बताए । उनले कुनैपनि खेलाडीका लागि सधै एउटै समय नभएकाे बताउदै कहिले राम्राे हुन्छ कहिले नराम्राे हुने गरेकाे बताए । क्रिकेटमा नराम्राे हुँदा दुःख मान्नुपर्ने केहि नरहेकाे पनि बताए ।

नेपाल र यूएई बीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिज पछि अस्ट्रेलिया बीग बासमा पुनः आवद्ध भए । उनको प्रदर्शनका कारण वीग बासमा मेलवर्न स्ट्रास सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पुग्दा उनी विकेट विहीन बनेपनि फाइनलमा पनि चल्न भने सकेनन् ।

फलस्वरुप मेलवर्न स्टार्स उप विजेता बन्दै प्रतियोगिता टुंग्यायो । बीगबासमा समग्रमा उनले ११ विकेट लिए । बीगबास पछि पाकिस्तान सुपर लिग पीएसएल खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर क्वालन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग बासकै कारण शुरुका तीन खेल गुमाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest