भारतीय खेलाडीमाथि अफ्रिदीकाे मजाक

भारतीय खेलाडी पुलुवा हमलामा ज्यान गुमाएका जवानहरूको सम्मानमा खेलका दाैरान आर्मीको क्याप लगाएकाे भन्दै पाकिस्तानका अलराउण्डर शाहिद अफ्रिदीले मजाक उडाएका छन ।

कराँचीमा मिडियासँग कुरा गर्दै अफ्रिदीले भारतीय खेलाडीले क्याप लगाएपछि किन फेरि फुकालेको भन्ने ब्यंग्य गरे । टिमका मेनेजर नदीम खानले बिचमा हस्तक्षेप गर्दै पत्रकारलाई सम्बन्धित विषयमा कुरा गर्ने आग्रह गरेपनि अफ्रिदी भने रोकिएनन् ।

ज्यान गुमाएकाे सेनाकाे परिवारका लागि भारतीय क्रिकेट खेलाडीले आफ्नो म्याचको पारिश्रमिक पनि सहयोग गर्ने बताएका छन । यसअघि भारतीय क्रिकेट खेलाडीको गतिविधीका कारण पाकिस्तान क्रिकेट बोर्डले आपत्ति जनाउँदै आइसीसीमा उजुरी गरेकाे थियाे । जसमा  आइसीसीले भारतीय खेलाडीले दिवगंत सैनिक जवानप्रति सम्मान प्रकट गरेकाले सो अनुमति दिएको स्पष्ट पारेपछि पाकिस्तान क्रिकेट बाेर्ड चुप लागेकाे थियाे ।

फेरी अफ्रिदीकाे टिप्पणीले अर्का चर्चा पाएकाे छ । भारतले अष्ट्रेलिया विरूद्द अन्तिम खेल अाज खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest