अष्ट्रेलियाद्वारा भारतसामु २७३ रनकाे लक्ष्य

भारत विरूद्दकाे अन्तिम वान डे खेलमा अष्ट्रेलियाले २ सय ७३ रनको लक्ष्य दिएको छ ।

फिरोज शाह कोटला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेट गुमाउँदै २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान ख्वाजाले १ सय रन बनाए । त्यस्तै पिटर हेन्डस्कपले ५२,कप्तान आरोन फिन्च २७, मार्काेस स्टोइनिस र एस्टन टर्नरले समान २०-२० रन बनाए ।

बलिङमा भारतका भुवनेश्वकर कुमारले ३, रविन्द्र जडेजा र महोम्मद शामीले समान २-२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest