टेष्ट क्रिकेटका नियम परिमार्जित हुदै

विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने भएकाे छ ।

इंल्याण्डका पूर्व कप्तान माइक गटिङको नेतृत्वमा गठन गरेकाे कमिटीले यसकिसिमका नियम परिमार्जन गर्ने भएकाे छ ।

१. ओभर बोलाईएको ४५ सेकेण्डपछि स्कोर बोर्डमा समय देखिनेछ । जसमा नयाँ ब्याट्सम्यान आउनेमा ६० सेकेण्ड र बलर परिवर्तनको लागि ८० सकेण्डको समय हुनेछ । त्यस समयमा दुवै पक्ष तयार हुँदैनन् भने चेतवानी प्राप्त गर्ने छन् । चेतवानीपछि पनि ढिला गरे पेनाल्टी स्वरुप बिपक्षि टोलीलाई ५ रन दिइने छ ।

२. हरेक विकेट गएपछि र ड्रिङ्क्स ब्रेकमा पनि समय निर्धारण गरिएको हुनेछ । सो समय भने पिच र ड्रेसिङ रुमको दुरी अनुसार राखिने हुँदा रंगशाला अनुसार फरक पर्ने छ ।

३. डिआरएस रिभ्युमा केहि समय छोट्टाइने छ ।

कमिटीमा गटिङसंगै भारतका सौरभ गांगुली, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा र अष्ट्रेलियाका शेन वार्न रहेका छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest