भारतविरुद्धको एक दिवशीय सिरिज अष्ट्रेलियाले जित्याे

भारतविरुद्धको एक दिवशीय सिरिज अष्ट्रेलियाले जितेको छ । पाँचौं तथा निर्णायक खेलमा घरेलु टिमलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले श्रृङ्खला ३–२ ले जित्यो ।

पाँच एक दिवशीय श्रृङ्खला अन्तर्गत पहिलो दुई खेलमा भारत विजयी भएको थियो । तर पछिल्लो तीन खेलमा जित निकाल्दै पाहुना टोलीले श्रृङ्खला जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा नौ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि ओपनर उश्मान ख्वाजाले एक सय रनको शतकीय योगदान दिए । पिटनर ह्यान्ड्सकम्बले ५२ रनको अर्धशतकीय योगदान दिँदा अन्य खेलाडीको प्रदर्शन खासै राम्रो रहन सकेन ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

२७३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा २३७ रनमा अलआउट भयो । भारतका लागि रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने भुवनेश्वर कुमारले ४६ र केदार जादवले ४४ रन जोडे । अन्य खेलाडीले राम्राृे ब्याटिङ गर्न सकेनन् ।

भारतलाई हराउनका लागि एडम जाम्पाले ३ विकेट लिए भने प्याट कमिन्स, जेई रिचार्डसन र मार्क स्टोनिसले मार्कस स्टोनिसले २–२ विकेट बाँढे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest