श्रीलंका विरुद्धको चौथो एकदिवसिय खेलमा दक्षिण अफ्रिका विजयी

श्रीलंका विरुद्धको चौथो एकदिवसिय खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृखंलामा चार शुन्यको अग्रता बनाएको छ ।

पोर्ट एलिजाबेथमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ३९ ओभर दुई बलमा मात्र एक सय ८९ रनमा अलआउट भयो । उसका लागि सुरु उडानाले सर्वाधिक ७८ रन बनाउँदा बाँकि खेलाडी सस्तैमा आउट भए । जसमा फर्नान्डोले २९ तथा कुशल मन्डिसले २१ र डी सिल्भाले २२ रन बनाए ।

जवाफमा दक्षिण अफ्रिकाले ३२ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि क्विन डी ककले ५१ तथा कप्तान फा डुप्लिसिसले ४३ रनको योगदान गरे । यस्तै जेपी डुमीनीले ३१ तथा डेविड मिलरले २५ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest