न्युजिल्याण्डमा गाेली काण्डः बंगलादेशी टिम सुरक्षित हाेटेलमा ‘लक’

न्यूजिल्याण्ड विरुद्धको खेलका लागि क्राइस्टचर्चमा रहेको बंगलादेश क्रिकेट टिम पार्कमा घुमरहेकाे ठाँउ नजिकैकाे एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । जसका कारण बंगलादेश टिमलाई उनी बसेको होटलमा नै कडा सुरक्षाका विच राखिएको छ ।

न्युजिल्याण्डको दक्षिण आइल्याण्ड सिटीमा रहेका दुई मस्जिदमा फायरिङ भएको थियो । सो घटना भएको नजिकै बंगलादेशको क्रिकेट टिम बसेको होटल पनि रहेको थियो । खेलाडीहरू पार्कमा घुमिरहेकाे अवस्थामा गाेलि चलेपछि दाैडीदै बसमा पुगेका थिए । खेलाडीलाई केहि बसबाट बाहिर निस्कन दिइएको थिएन ।

केहि समयपछि टिमलाई फेरी होटेलमा राखेर कडा निगरानी गरिएको छ । क्राइस्टचर्चको अल नुर मस्जिद नजिकै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन । गोली चलेको केहि समयपछि सुरक्षाकर्मीले पुरै मस्जिदको वरिपरी सुरक्षा ब्यवस्था गडा पारेको थियो । यो घटनाबाट केहि ब्यक्ति घाइते भएको पनि बताइएको छ भने केहिको ज्यान गएको छ । तर कति जनाले ज्यान गुमाए भन्ने एकिन तथ्यांक आएको छैन ।

यता बंगलादेश टिमलाई होटेलमा नै लक गरिएको छ । यता मुख्य प्रशिक्षक सहित केहि खेलाडी भने मैदानको ड्रेसिङ रुममा नै लक गरिएको छ ।

यसैविच न्युजिल्याण्ड र बंगलादेश विच भाेलीबाट सुरू हुने भनिएकाे खेल रद्द गरिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest