भारतकाे सर्वाच्च अदालतद्वारा श्रीसान्तमाथिकाे प्रतिबन्ध हटायाे

भारतीय क्रिकेटर श्रीसान्त माथि लागेकाे आजीवन प्रतिबन्ध फुकुवा भएकाे छ । भारतीय सर्वोच्च अदालतले म्याच फिक्सिङ मुद्दामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) को अनुशासन समितिले लगाएकाे आजीवन प्रतिबन्ध हटाएको छ ।

श्रीसान्तले केरल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत अपिल गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसान्तमाथिको कारबाहिबारे सोच्न सक्ने बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाप्रति खुशी प्रकट गर्दै श्रीसान्तले प्रतिबन्ध हट्काेमा निकै खुसी रहेकाे बताए । साथै उनले सर्वोच्च अदालतले लाइफ लाइन दिएको र फेरि खेलमा फर्कनेसक्ने बताए ।

अदालतले सन् २०१३ को आईपीएलमा भएको म्याच फिक्सिङ मुद्दामा श्रीसंतसमेत सबै आरोपीहरुलाई रिहा गरेको थियो । श्रीसान्त सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टिमका सदस्य हुन् । श्रीसंतले २७ टेस्ट म्याचमा ८७ तथा ५३ वान डे म्याचमा ७५ विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest