पहिलाे पटक महिला क्रिकेटर सरिताले पाइन प्रायाेजक

नेपाली क्रिकेटमा पुरुष क्रिकेटरलाई मात्र निजी क्षेत्रले प्रायोजन गर्दै आएको कम्पनी एस एमले अब महिला क्रिकेटरलाई पनि प्रायोजनको क्रम सुरु गरेको छ ।

क्रिकेट सामाग्रि उत्पादन कम्पनी एस एमले एक बर्षका लागि सरिता मगरलाई प्रायोजन गरेको छ । जसमा अब सरिताले खेल्दा एस एमको किड्स लगाएर खेल्नेछिन । महिला क्रिकेटमा प्रायोजन पाउने सरिता पहिलो खेलाडी हुन । यसअघि यो कम्पनीले सुरुवातमा पारस खड्कालाई प्रायोजन गरेको थियो । त्यसपछि क्रमसः अरु पुरुष खेलाडीलाई आफ्नो कम्पनीसँग अनुबन्ध गराएको थियो ।

विश्वकप छनोटमा दोस्रो स्थानमा रहेको नेपाली महिला खेलाडीलाई पनि अब सहयोग गर्नुपर्छ भन्ने मनसायका साथ एस एमले सरितालाई पहिलो चरणमा साथ दिएको हो । उनलाई सुरुमा एक बर्षको गरिएपनि निकट भविष्यमा बढ्दै जाने कम्पनीले जनाएको छ ।
महिला खेलाडीलाई पनि निजी क्षेत्रले प्रायोजन पाउने भएपछि खेलाडीलाई झन हौसला मिल्ने सरिताको भनाई छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest