यू-१९ टिमकाे दाेस्राे चरणमा १८ खेलाडी छनाेट

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको तयारीमा रहेको नेपाली युवा टिमको दोस्रो चरणको खेलाडी छनोट गरिएको छ । जसमा १८ खेलाडीलाई राखिएको छ ।

प्रतियोगिताको थप तयारीका लागि शनिबार भारत जान लागेको नेपाली युवा टिमको कप्तानी रोहित पौडेलले गर्ने भएका छन । यस्तै टिममा आसिफ शेख, पवन सराफ, सन्दिप जोरा, भिम शार्की, रवीकुमार शाह, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, कुशल मल्ल, हरीबहादुर चौहान, प्रतिस जिसी, आकाश चन्द, शुर्य तामाङ, लोकेशबहादुर बम र शेर मल्ल छन ।

अफिसियलमा विनोद दाश मुख्य प्रशिक्षक रहेका छन । नेपाली टिम शनिबार थप तयारीका लागि शनिबार भारतको आन्द्र प्रदेश जानेछ । जसमा नेपालले ५ वटा अभ्यास खेल खेल्नेछ । सो टुरमा खेलाडीले गरेको प्रदर्शनका आधारमा विश्वकप छनोट खेल्ने अन्तिम टिमको टुंगो लाग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest