नेपाली युवा टिम अभ्यासका लागि भारतमा

आइसीसी यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रिय छनोटकाे थप तयारीका लागि नेपाली युवा टिम भारत प्रस्थान गरेकाे छ ।

भारतको आन्ध्र प्रदेशमा नेपालले चारवटा अभ्यास खेल खेल्नका लागि नेपाली टिम भारत गएकाे हाे । साे टुरमा गरेकाे प्रदर्शनका आधारमा विश्वकप छनाेटकाे अन्तिम टिमकाे टुंगाे लाग्नेछ ।

प्रशिक्षक विनोद दासले १८ जना खेलाडीलाई भारत भ्रमणमा लगेका हुन् । भारत गएकाे नेपाली युवा टिमको कप्तानी रोहित पौडेलले गर्ने भएका छन ।

यस्तै टिममा आसिफ शेख, पवन सराफ, सन्दिप जोरा, भिम शार्की, रवीकुमार शाह, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, कुशल मल्ल, हरीबहादुर चौहान, प्रतिस जिसी, आकाश चन्द, शूर्य तामाङ, लोकेशबहादुर बम र शेर मल्ल छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest