दक्षिण अफ्रिकाले जित्याे श्रीलंका विरूद्दकाे एकदिवसिय सिरिज

श्रीलंका विरुद्धको पाँचौ तथा अन्तिम एकदिवसिय खेलमा दक्षिण अफ्रिका डकवर्थ एण्ड लुइसको नियमका आधारमा ४१ रनले विजयी भएसँगै ५ खेलको सिरिज क्लिनस्विप गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर तीन बलमा मात्र दुई सय २५ रनमा अलआउट भयो । उसका लागि कुशल मन्डिसले सर्वाधिक ५६ रन बनाए भने कुशल परेराले ३३ तथा इसुरु उडानले ३२ रन बनाए । बलिङमा राबाडाले तीन विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिका २८ ओभरमा दुई विकेटका क्षतीमा एक सय ३५ रनको अवस्थामा खेल फ्डलाइट विग्रिएकाले खेल संभव हुन सकेन । जसका कारण दक्षिण अफ्रिकाले खेल डकवर्थ एण्ड लुइसको नियमका आधारमा ४१ रनले जित्यो । जितसँगै घरेलु टिमले ५ खेलको सिरिज ५–० ले स्लिनस्विप गर्न सफल भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest