माेन्टी देशाई क्यानडाकाे प्रमुख प्रशिक्षकमा नियुक्त

नेपाली क्रिकेट टिमका पूर्व ब्याटिङ सल्लाहकार मोन्टी देशाई क्यानडाकाे प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन ।

क्यानडाले नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्वालिफायरका लागि माेन्टीलाइ प्रशिक्षकमा अनुबन्ध गरेकाे हाे । डिभिजन टु मा आयोजक नामिविया सहित क्यानडा, ओमन, पपुवा न्युगिनी, अमेरीका र हङकङले प्रतिस्पर्धा गर्दै छन् ।

भारतीय मुलका माेन्टी यसअघि एकदिवसिय विश्वकप छनोटमा अफगानिस्तानकाे टिममा सल्लाहकारका रूपमा रहेका थिए। उनले सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा नेपाली टोलीकाे ब्याटिङ सल्लाहकार बनेका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीसँग  थिए  । नेपालकाे सिनीयर र जुनियर टिममा काम गरिसकेका माेन्टीकाे अनुबन्धपछि क्यानडाकाे टिमलाइ ठुलाे राहत भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest