आयरल्यान्ड विरूद्दकाे टेष्ट क्रिकेटमा अफगानिस्तान ७ विकेटले विजयी

आयरल्यान्ड विरूद्दकाे टेष्ट क्रिकेटमा अफगानिस्तान ७ विकेटले विजयी भएकाे छ ।

आयरल्यान्डले पहिलो इनिङ्समा मात्र १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानले पहिलो इनिङ्समा ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता लियो । दोस्रो इनिङ्समा आयरल्यान्ड २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले सम्रगामा १ सय ४७ रनको लक्ष्य पाएको थियो ।

चौथो दिन १ सय ४७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३ विकेटको क्षतिमा ४७.५ ओभरमा पुरा गर्दै पहिलो जित दर्ता गरेको हो । अफगानिस्तानको जितमा पहिलो इनिङ्समा ९८ र दोस्रो पालीमा ७६ रन बनाएका राहमत शाह म्यान अफ द म्याच चुनिए । इहसनुल्लाह जानत ६५ रनमा नट आउट रहे ।

अफगानिस्तानले २०१७ जुन २२ मा टेस्ट मान्यता पाएको थियो । अफगानिस्तानले दोस्रो टेस्टमै पहिलो जित निकाल्न सफल भएको हो । दोस्रो टेस्टमै पहिलो जित निकाल्ने क्रिकेट इतिहासमा अफगानिस्तान तेस्रो टिम हो । यसअघि इंग्ल्यान्ड र पाकिस्तानले पनि दोस्रो खेलमै पहिलो जित निकालेका थिए ।

भारतसँग गत जुनमा टेस्ट डेब्यू गरेको अफगानिस्तान २ सय ६२ रनको इनिङ्ग अन्तरले पराजित हुन पुगेको थियो । पछिल्लो समय अफगानिस्तानले क्रिकेटमा तीव्र गतिमा विकास गर्दै अघि बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest