एनसीएल महिला क्रिकेट लिगमा ४ टिमकाे सहभागिता

एनसीएल स्पोर्टस प्रालीको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगमा जसमा चार वटा टिमले सहभागिता  जनाउने भएका छन । आयोजकले चैत्र एक देखि नौ गतेसम्म गर्ने भनेको प्रतियोगिता अब बैसाख सात देखि १४ गतेसम्म हुने भएको छ ।

आयोजकले आज प्रतियोगितामा सहभागिता जनाउने टिमको नाम र टिम सार्वजनिक गरेको छ । जसमा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर ओमेन र काठमाडौ सुपर च्याम्पियन टिम रहेका छन । भैरहवाको मार्की खेलाडी रूवीना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।

विराटनगरका मालिक अनुप सक्सेना रहेका छन भने भैरहवा क्विन्सको मालिक अनिल भण्डारी र दीपक सुवेदी छन । यस्तै धनगढी वन्डर्स ओमेनको मालिकमा हरि खनाल छन । काठमाडौं सुपर च्याम्पियनकी मालिक रेखा थापा रहेकी छिन ।

सहभागिता टिमका खेलाडीको छनोट केहि दिनमा अक्सनबाट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दर्ता भएको खेलाडीलाई ए, बी र सी बर्गमा राखिएको छ ।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मुल्य न्युनतम ४० हजार र अधिकतम ७५ हजार, बी ग्रोडमा रहेका खेलाडीको मुल्य न्युनतम २५ र अधिकतम ५० हजार, सी ग्रेडका खेलाडीको मुख्य न्युनतम १५ र अधिकरतम २५ हजार रहेको छ । प्रतियोगितको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest