सन्दिप लामिछाने पीएसएलकाे ड्रिम टिममा

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएलको ड्रिम टिममा पर्न सफल भएका छन् ।

पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरेको टिम अफ दि पीएसएलमा सन्दीप १२ औं खेलाडीका रुपमा रहन सफल भएका हुन् । पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबी डी भिलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो ।

लाहोर क्वालेण्डर्सबाट पीएसएलमा डेब्यु गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमि रनरेट ७ दशमलव ६६ रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest