दोस्रो अभ्यास खेलमा नेपाल पराजित

आइसीसी यू १९ विश्वकपको एशिया क्षेत्रीय छनोटको थप तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले दोस्रो अभ्यास खेलमा हार ब्यहोरेको छ । पहिलो खेलमा ६२ रनले विजयी भएको नेपाली युवा टिम दोस्रो खेलमा ७४ रनको हार ब्यहोर्यो ।

नेपाली युवा टिम विरुद्ध आन्द्रप्रदेशको टिमले ४९ ओभर तीन बलमा दुई ८९ रन बनाउदा अलआउट भयो ।

जवाफमा नेपाली युवा टिम ४५ ओभर दुई बलमा दुई सय १५ रनमा अलआउट भयो । नेपालका लागि रासिद खानले ३४ तथा कुशल मल्लले ३०, आशिफ शेखले २५ अविशेख बस्नेतले २३ र रित गौतमले २१ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् । अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest