श्रीलंका विरुद्ध दक्षिण अफ्रिका १६ रनले विजयी

श्रीलंका विरुद्धको दोस्रो टी २० खेलमा दक्षिण अफ्रिका १६ रनले विजयी भएको छ । जितसँगै उसले तीन खेलको श्रृखंलामा आफ्नो पक्षमा पारेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेनरिक्सले ६५ तथा भान देर डुसेनले ६४ रन बनाए । यस्तै कप्तान जेपी डुमीनीले ३३ रनको योगदान गरे ।

जवाफमा श्रीलंका २० ओभरमा नौ विकेट गुमाउदा एक सय ६४ रनमा रोकियो । उसका लागि इसुरु उडानाले ८४ रन बनाएपनि बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् । जसका कारण टिमले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो । यो हारपछि श्रीलंकाले तीन खेलमा दुई शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest