लाथिस मालिंगाले गरे सन्यास लिने घोषणा

श्रीलंकाका बलर तथा कप्तान लाथिस मालिंगाले सन् २०२० को टी-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

दक्षिण अफ्रिकाको भ्रमणमा रहेका मलिंगाले घरेलु टोलीसंगको पहिलो खेलपछि सन्यास घोषणा गरेका हुन् । शुक्रबार राति भएको पहिलो टी-ट्वान्टीमा श्रीलंका घरेलु टोलीसंग १६ रनले पराजित भएको थियो ।

‘विश्वकपपछि मेरो खेल जीवन समाप्त हुँदैछ । म टी-ट्वान्टी विश्वकप खेल्दै आफ्नो खेल जीवन टुङ्गाउन चाहान्छु,’ ३५ बर्षीय मालिंगाले सन्यासबारे भने ।

सिमित ओभरमा श्रीलंकाका कप्तान रहेका मालिंगा छुटै एक्सन भएका दाँया हाते तिब्र गतिका बलर हुन् । उनले सन् २००४ बाट श्रीलंकाको टिममा डेब्यु गरेका थिए ।

कर्ली कपाल भएका मालिंगाले श्रीलंकालाई सन् २०१४ को टी-ट्वान्टी विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसको ६ बर्षपछि मालिंगाले आफ्नो अन्तराष्ट्रिय खेल जीवन अन्त्य गर्ने निर्णय गरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest