आइपीएलको उद्घाटनमा हुने रकम समाजसेवामा लगायो बीसीसीआईले

इन्डियन प्रिमियर लिग क्रिकेटमा यसपटक उद्घाटन समारोह नगरेर आयोजकले नयाँ प्रयोग गरे । यसअघिका संस्करणमा उद्घाटन खेलमा नै करोडौ रकम खर्च गर्ने गरेको आयोजकले यसपटक उद्घाटनका खर्च बरु कुनै सामाजिक सेवामा लगाउने भन्दै कुनैपनि कार्यक्रम आयोजना गरेन ।

बलिउडका सेलिब्रटीलाई नचाएर पैशा खर्च गर्ने गरेकोमा यसपटक आयोजकले बरु सो रकम कुनै सामाजिक कार्यमा लगाउने निर्णय गरेको हो । जसमा बीसीसीआईले यसपटक उद्घाटन समारोहमा खर्च हुने रकम भारतीय सेनालाई अनुदान गरेको छ । जसमा उसले भारतीय आर्मीलाई ११ करोड र केन्द्रिय रिजर्भ पुलिसलाई सात करोड दिएको छ । यस्तै भारतीय नेभी र एयरफोर्सलाई एक एक करोड रुपैयाँ सहयोग गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest