आइपीएलमा चेन्नेइद्वारा बैंलोर ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा चेन्नेइ सुपर किंग्सले विजयी सुरुवात  गरेको छ । उद्घाटन खेलमा रोयल च्यालेञ्जसए बैंलोरलाई सात विकेटले हराउदै प्रतियोगिताको पहिलो खेलमा नै जीत निकाल्यो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंलोरले ध्वस्त ब्याटिङ गर्दा १७ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा पार्थीव पटेलले २९ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । बलिङमा चेन्नेइका हरभजन सिंह र इमरान ताहिरले तीन तीन  विकेट लिए ।

जवाफमा चेन्नेइले १७ ओभर चार बलमा मात्र तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जीतमा अम्बाती राइडुले २८ तथा सुरेश रैनाले १९ रन बनाए । यस्तै केदार जादवले १२ रन थपे । यो हारले बैंलोरलाई पहिलो खेलमा नै झट्का लागेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest