आइपीएलमा कोलकाताद्वारा हैदरावाद ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइट राइडर्स  सनराइजर्स हैदराबादलाई ६ विकेट  हरायो ।

कोलकातास्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रनको बलियो योगफल तयार पारेको थियो । यसका लागि डेविड वार्नरले ८५ रनको विस्फोटक इनिङ खेले । ५३ बलमा वार्नरले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । विजय शंकरले पनि अविजित ४० रनको योगदान दिए । २४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै  जोनी बेइस्र्टले ३९ रन जोडे ।

१८२ रनको लक्ष्य कोलकाताले २० ओभर पूरा हुन दुई बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा ग¥यो । कोलकाताका लागि नितिस रानाले ६८ रनको जोडे । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

एन्ड्रु रसेलले १९ बलमा ४९ रन बनाउँदा चार चौका र चार छक्का प्रहार गरे । रोविन उथपाले ३५ तथा शुभम गिलले १८ रनको योगदान दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest