अफ्रिकी देश नाइजेरीया पहिलो पटक आइसीसी यू१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।
यू १९ विश्वकपको अफ्रिकी क्षेत्रीय छनोटमा सियरा लियोनीलाई २ विकेटले हराउँदै नयाँ इतिहास बनाउन सफल भयो । सियराले दिएको एक सय ३९ रनको लक्ष्य पक्ष्याएको नाइजेरीया एक समय ९१ मा सात विकेटको अवस्थामा रहेको थियो । तर उसले अन्तिममा उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेटको रोमाञ्चक जित हात पार्न सफल भयो । पहिले ब्याटिङ गरेको सियराका लागि कामाराले ५८ रन बनाएका थिए ।
यो जितले नाइजेरीयालाई प्रतियोगितामा अपराजित मात्र राखेन शिर्ष पोजिसनमा पनि राख्न सफल भयो । डिभिजन २ टिम नामिविया दोस्रो स्थानमा रह्यो भने युगान्डा तेस्रो स्थानमा रहन पुग्यो ।