अभ्यास खेलमा नेपाली युवा टिमको दोस्रो जित

यू–१९ विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि भारतमा रहेको नेपाली टिमले आन्ध्र प्रदेशको यू–१९ टिमलाई एक विकेटले पराजित गरेको छ । यसअघिको दुई अभ्यास खेलमध्ये नेपालले एकमा जित र एकमा हार ब्यहोरेको थियो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्रले आन्ध्र यू–१९ ले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षबद्र्धनलाई आउट गरेका थिए । २०औं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए । रामप्रसाद २६ रन बनाएर क्याचआउट भए । उनी पवन सर्राफको बलमा क्याचआउट भएका थिए ।

४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पा¥यो । सवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएपछि क्याचआउट गराए । यस्तै योगानन्धले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ कमल सिंह ऐरीले चार विकेट लिए भने पवन सर्राफले तीन विकेट लिए । प्रतिश जिसी राशिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।

आन्ध्रको टिमले दिएको २२८ रनको लक्ष्य पछ्याउँदा नेपाली कप्तान रोहित पौडेलले ७१ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपालले जितको आधार तयार पारेको थियो । रोहितले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । दुई ब्याट्सम्यान आउट भएपछि क्रिजमा आएका रोहितले कप्तानी पारी खेलेका थिए । उनले ४० बलमा अर्धशतक पार गरेका थिए । भिम शार्की अर्धशतक बनाउनबाट एक रनले चुके । उनी ४९ रन बनाएपछि क्याचआउट भएका थिए । सन्दिप जोराले १९ रन बनाए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest