सन्दिपकाे टिम दिल्लीकाे पहिलाे हार

चेन्नाई सुपर किग्सले इण्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो जित हात पारेको छ । चेन्नाईले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीमा मंगलबार राति भएको खेलमा चेन्नाईलाई दिल्लीले १४८ रनको लक्ष्य दिएको थियो । चेन्नाईले दिल्लीको लक्ष्य दुई बल बाँकी रहँदा पुरा चार विकेट गुमाएर पुरा गर्यो । चेन्नाईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए ।

पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । पहिलो विकेटका लागि धवन र साका बीचमा ३६ रनको साझेदारी गर्दै बलियो शुरुआत दिलाए पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नाईका डुवान ब्राभोले सर्वाधिक ३ बिकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest