मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने

नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।

महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन । नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले अाफ्नो बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति दवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका थिए ।

गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । दुवै सम्मानको पुरस्कार राशि दश हजार दश रुपैयाँ रहेको छ । सो सम्मान वैशाख ७ गते सनसरीको दुहबीमा प्रदान गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest