नेपाली यू-१९ टिमसामु आन्ध्रकाे २२१ रनकाे लक्ष्य

आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिताका लागि तयारीका लागि भारतमा रहेको नेपाली टिमले आन्ध्र प्रदेशको यू–१९ टिमले पाँचाै तथा अन्तिम अभ्यास खेलमा २२१ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको आन्ध्रले ५० ओभरमा नौ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि रवि किरणले सर्वाधिक ४५ रनको योदगान दिए । यस्तै सुब्रमन्यमले ३८, धरानी कुमारले ३७ रन बनाए ।

बलिङतर्फ सुर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए । प्रतिश जिसीले पनि एक मेडन सहित एक विकेट लिए । यस्तै कमल सिंह ऐरी र भीम शार्कीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest