नेपालकाे युवा टिम अन्तिम खेलमा ५ विकेटले विजयी

आइसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रीय प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले अन्तिम अभ्यास खेलमा आन्ध्र प्रदेशकाे युवा टिम माथि ५ विकेटको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको आन्ध्रले ५० ओभरमा नौ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि रवि किरणले सर्वाधिक ४५ रनको योदगान दिए । यस्तै सुब्रमन्यमले ३८, धरानी कुमारले ३७ रन बनाए ।

बलिङतर्फ सुर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए । प्रतिश जिसीले पनि एक मेडन सहित एक विकेट लिए । यस्तै कमल सिंह ऐरी र भीम शार्कीले एक एक विकेट लिए

२२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा ५ किवेट गुमाउदै पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६५ रन बनाए भने रोहित पौडेल र भिम शार्कीले समान ४५–४५ रन बनाए । यस्तै रवीकुमार शाहले ३७ रन थपे ।

नेपालले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उनले १२ रन बनाउदा दुई विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि रवी र आसिफ शेखले दरीलो साझेदारी गरेका थिए ।

चार अभ्यास खेलका लागि भारत गएको नेपाली युवा टिम अब स्वदेश फर्किनेछ । भारतमा भएको अभ्यास खेलका आधारमा नेपाली टिमको अन्तिम टुंगो लाग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest