आईपीएल: राेयल च्यालेञ्जर्सकाे लगातार दाेस्राे हार

आईपीएलमा विराट काेहलीकाे टिम राेयल च्यालेञ्जर्स बैंलाेरले लगातार दाेस्राे हार ब्यहाेरेकाे छ । गएराति भएकाे दाेस्राे खेलमा बैंलाेर मुम्बई इन्डियन्ससँग ६ रनले पराजित भयाे । प्रतियाेगितामा मुम्बईकाे पहिलो जित हो ।

टस जितेर पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे । यसैगरी १२ बल खेलेका युवराज सिंहले २३ रन बनाए । लगातार तीन छक्का प्रहार गरेको सिंहले चौथो बलमा पनि छक्का प्रहार गर्दा मोहमद सिराजबाट क्याच आउट भएका थिए । यस्तै क्वीन्टन डी ककले पनि २३ रन बनाउँदा अन्तिमसम्म क्रिजमा रहेका हार्दिक पाण्ड्याल ३२ रन बनाए । १४ बल खेलेका पाण्ड्याले ३ छक्का तथा २ चौका प्रहार गरेका थिए ।

बेंग्लोरका युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए ।

१ सय ८८ रनको लक्ष्य पछ्याएको बेंग्लोर ५ विकेट गुमाएर १ सय ८१ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका लागि एबी डेभिलियर्स नट आउट ७० रन बनाए पनि हार टार्न भने सकेनन् । यस्तै विराट कोहलीले ४६ रन बनाउँदा पार्थिब पटेलले ३१ रन जोडे । ४६ रन सहित विराटले ५ हजार रन पनि पुरा गरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest