आईपीएलमा हैदरावाद र राजस्थानकाे टक्कर

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आजपनि एक खेल हुनेछ । नेपाली समय अनुसार आज साँझ सवा ८ बजेदेखि सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

दुवै टोलीले यसअघि एक खेल खेलेका छन् र दुवैले पहिलो खेलमा पराजय ब्यहोरेका छन् । यी दुईको खेल हैदराबादमा हुनेछ ।
यस खेललाई किन पनि महत्वका साथ हेरिएको छ भने बल टेम्परिङ प्रकरणपछि डेभिड वार्नर र स्टिभ स्मिथ पहिलो पटक सँगै मैदानमा देखिँदैछन् ।

गत वर्षको बल टेम्परिङ प्रकरणलाई राजस्थानबिरुद्ध यसअघिको खेलमा पञ्जावका रविचन्द्रन आश्विनको मान्कडले बिर्साइदिएको छ । उच्च लयमा रहेका जस बटलरलाई मान्कडमार्फत आउट गरेपछि राजस्थानले खेल गुमाएको थियो । किंग्स एघार पन्जावका कप्तान आश्विनको त्यस हर्कतको धेरैले आलोचना गरेका छन् ।

पहिलो खेलमा हैदराबाद कोलकातासँग उसकै मैदानमा १ सय ८१ रन बनाएर पनि ६ विकेटले हार्नु परेको थियो । तर, अहिले घरेलु मैदानमा फर्किएको छ जहाँ उसले सन् २०१६ यता २१ खेलमा १५ जित हासिल गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest