पाकिस्तान विरूद्द क्लिनस्विपकाे लक्ष्यमा अष्ट्रेलिया

पाकिस्तानविरुद्धको चौथो एक दिवशीय खेलमा अष्ट्रेलिया विजयी भएको छ । पाकिस्तानलाई ६ रनले हराउँदै अष्ट्रेलयिाले पाँच एकदिवशीय सिरिजमा ४–० को अग्रता लिएको छ ।

युएईमा भएको खेलमा पाकिस्तानका दुई खेलाडीले शतक बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै २७७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ९८ रनको योगदान दिए । ८२ बलको सामना गरेका म्याक्सवेल शतक नजिक पुग्दा रनआउट भएको थिए । यस्तै उश्मान ख्वाजाले ६२ रनको योगदान दिए भने एलेक्स केरीले ५५ रन जोडे । एरोन फिन्चले पनि ३९ रन बनाए ।

बलिङतर्फ इमाद वासिम, मोहम्मद हस्नइन र यासिर शाहले २–२ विकेट लिए ।

२७८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५० ओभरमा आठ विकेट गुमाउँदै २७१ रनमा समेटियो । पाकिस्तानका दुई खेलाडीले शतकीय योगदान दिएपनि अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । अबिद अलिले ११२ रन र मोहम्मद रिजवानले १०४ रन बनाएका थिए ।

पाकिस्तानलाई सस्तैमा समेट्नका लागि नाथन कोल्टर नाइलले तीन विकेट लिए भने मार्क स्टोनिसले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest