यू-१९ क्रिकेट टिमले आन्द्र स्टेट टिमलाई २ सय ५२ रनको लक्ष्य

आइसीसी यू–१९ विश्वकप छनोटको तयारीका लागि  भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आन्द्र स्टेट यू-१९ क्रिकेट टिमलाई २ सय ५२ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपाली यू-१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउदै २ सय ५१ रन बनायो । नेपालका लागि राष्ट्रिय सन्दीप जोराले ६९ रनकाे याेगदान गरे । उनले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

त्यस्तै राशिद खानले ४४,  हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५, रित गौतम २२ रनकाे याेगदान गरे ।

यसअघिका पाँच अभ्यास खेलमा नेपाल ४ मा जित  निकालेकाे छ भने एकमा पराजित भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest