नेपाली यू-१९ टिम आन्द्र स्टेटसँग १ विकेटले पराजित

आइसीसी यू–१९ विश्वकप छनोटको तयारीका लागि  भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टिम अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट यू-१९ क्रिकेट टिमसँग एक विकेटले पराजित भएकाे छ ।

पहिले ब्याटिङ गरेको नेपाली यू-१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउदै २ सय ५१ रन बनायो । नेपालका लागि राष्ट्रिय सन्दीप जोराले ६९ रनकाे याेगदान गरे । उनले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

त्यस्तै राशिद खानले ४४,  हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५, रित गौतम २२ रनकाे याेगदान गरे ।

जवाफमा आन्द्रको युवा टिमले नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कमजोर सुरुवात गरेपनि उसका मध्यक्रमका खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सफल भए । खाता खोल्न पाउदै पहिलो विकेट गुमाएको आन्द्रले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेको थियो ।

उसको जितमा नितीस कुमारले ७४ रन बनाए भने सुब्रमनियमले २९ र राम प्रसादले २७ रनको योगदान गरे । यस्तै दरानीकुमार र जोनी बासाले समान ३२–३२ रन जोडे । बलिङमा नेपालका पवन सराफले तीन तथा प्रतिस जीसीले दुई विकेट लिए ।

यसअघिका पाँच अभ्यास खेलमा नेपाल ४ मा जित  निकालेकाे छ भने एकमा पराजित भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest