महिला टि–२० क्रिकेट लिग प्रतियोगिताको अक्सनमा कुल ८० खेलाडी

एनसीएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिताको अक्सनमा कुल ८० खेलाडीमाथि बाेली लाग्ने भएकाे छ । वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियाेगिताकाे खेलाडी अक्सन भाेली हुँदैछ ।

४ मार्की प्लेयरबाहेक अक्सनमा ८० खेलाडीले नाम दर्ता गराएका आयोजकले बताएका छन् । भाेली १० बजेबाट सुरू हुने अक्सन दुइ चरणमा हुनेछ । अक्सनमा खेलाडीलाई ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए का खेलाडीको मूल्य ४० हजार देखि अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहेकाे छ भने बी ग्रेडका खेलाडीको मूल्य रु २५ हजार देखि अधिकतम मूल्य रु ५० हजार रुपैयाँसम्म छ । यस्तै सी ग्रेडका खेलाडीले कम्तिमा १५ हजार र बढीमा २५ हजार पाउनेछन ।

प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेसमा करुणा भन्डारी , भैरहवा क्विन्समा रुबिना क्षेत्री, धनगढी वन्डर वुमनमा सिता रानामगर र काठमाडौ सुपर च्याम्पियन्समा  नेरि थापा मार्की खेलाडी रहेका छन ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest